बीमा विधेयक राष्ट्रपतिले गरिन् प्रमाणीकरण, बीमा समिति अब प्राधिकरण – Nepal Press

बीमा विधेयक राष्ट्रपतिले गरिन् प्रमाणीकरण, बीमा समिति अब प्राधिकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीमा विधेयक प्रमाणीकरण गरेकी छिन् । भण्डारीले संघीय संसदको दुबै सदनको बैठकबाट पारित भए बीमा विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी हुन् ।

विधेयक असोज ६ गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुगेको थियो । बीमा विधेयकसँगै सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ ।

बीमा विधेयक प्रमाणीकरण भएसँगै बीमा ऐन २०७९ कार्यान्वयनमा आएको छ । ऐनअनुसार बीमा समिति अब बीमा प्राधिकरण भएको छ । साथै कार्यान्वयनमा रहेको बीमा ऐन २०४९ र राष्ट्रिय बीमा संस्थान ऐन पनि खारेज हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *