नेपाल एएफसी यू-१७ एसिया कप छनोटका सबै खेलमा पराजित – Nepal Press

नेपाल एएफसी यू-१७ एसिया कप छनोटका सबै खेलमा पराजित

काठमाडौं । नेपाल एएफसी यू-१७ एसिया कप छनोटका तीन वटै खेलमा पराजित भएको छ । समूहको आफ्नो अन्तिम खेलमा नेपालले आइतबार चाइनिज ताईपेईसँग ४-२ गोलको हार ब्यहोरेको हो ।

नेपाली टोली ७८ औं मिनेटपछि १० खेलाडीमा सीमित भएको थियो । ८० औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै चाइनिज ताइपेईले ३-२ गोलको अग्रता लिएको थियो ।

समूहका अघिल्ला दुवै खेलमा पराजित भएर नेपालको यात्रा छनोट चरणमै सीमित हुने पक्का भएको थियो । पहिलो खेलमा थाइल्यान्डले ३-० गोलले हराएको थियो भने दोस्रो खेलमा नेपाल भियतनामसँग ५-० गोलले पराजित भएको थियो ।

अघिल्ला दुइटै खेलमा पराजित चाइनिज ताइपेई नेपालमाथि जीत हात पारे पनि अगाडि बढ्न सकेन । छनोट चरणमा रहेका १० समूहका विजेता र सर्वोत्कृष्ट ६ उपविजेता गरी १६ टोलीले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर