एएफसीमा कर्माको उम्मेदवारी रद्द गर्न एन्फाका बहुमत सदस्यको सामूहिक उजुरी – Nepal Press

एएफसीमा कर्माको उम्मेदवारी रद्द गर्न एन्फाका बहुमत सदस्यको सामूहिक उजुरी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले एसियाली फुटबल महासंघ (एएफसी) को कार्यकारी समितिका लागि दिएको उम्मेदवारी खारेजी गर्न एन्फा कार्यसमितिका बहुमत सदस्यले उजुरी दिएका छन् । कार्यसमितिमा कुनै छलफल नगरी मनोमानी रुपमा आवेदन गरेको भन्दै कार्यसमितिका १४ जनाले लिखित पत्राचार गरेका हुन् ।

कर्माले एएफसी कार्यसमिति सदस्य बन्न आफूखुशी निवेदन दिएका थिए । एएफसीको कांग्रेस आउँदो १ फेब्रुअरीमा सुरु हुँदैछ भने फेब्रुअरी १ र २ मा कार्यसमितिको चुनाव हुनेछ । निवर्तमान अध्यक्ष शेर्पाले एन्फा कार्यसमितिलाई जानकारी नदिई गोप्य रुपमा उम्मेदवारी दिएका थिए । कार्यसमितिबाट अनुमोदनविना गरिएको आवेदन नियमसंगत नभएको भन्दै हालको एएफसीलाई पत्र पठाइएको एक सदस्यले बताए ।

एएफसीलाई पठाइएको पत्रमा ३ उपाध्यक्षहरु विराटजंग शाही, दीर्घबहादुर केसी र दीपक खतिवडाको हस्ताक्षर छ । यसैगरी सदस्यहरु महेन्द्र क्षेत्री, सरला श्रेष्ठ, रविन चन्द, विकास श्रेष्ठ, पुरुषोत्तम थापा, टीका लामा, भरत थापा बुढा, मनिष जोशी, मणिराज विष्ट, रुपेश अधिकारी र रमेश व्यञ्जनकारले हस्ताक्षर गरेका छन् ।

एन्फाको गत असारमा भएको अधिवेशनमा कर्मालाई पराजित गर्दै पंकजविक्रम नेम्वाङ अध्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर