शान्तिनगर कृषि सहकारीको अध्यक्षमा सापकोटा – Nepal Press

शान्तिनगर कृषि सहकारीको अध्यक्षमा सापकोटा

कैलाली । शान्तिनगर कृषि सहकारी संस्थाको अध्यक्षतामा दिनेश सापकोटा चयन भएका छन् । आज सम्पन्न सातै अधिवेशन मार्फत सापकोटा अध्यक्षमा चयन भएका हुन् ।

उपाध्यक्षमा संजिता चौधरी, सचिवमा अशोक तिवारी, सहसचिवमा बलराम सापकोटा, कोषाध्यक्षमा धर्म प्रसाद सुबेदी चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा मनीराम चौधरी,लक्ष्मीराम चौधरी, नरबहादुर बोहरा, खडक सिंह ऐर चयन भए । लेखा समिति संयोजकमा तारा प्रसाद सुबेदी चयन भएका छन् भने सदस्यहरूमा रिखीराम ढकाल र राजकुमार चौधरी चयन छन् ।

सहकारी संस्थामा अध्यक्ष नारायण दत्त खनालको सभापतित्वमा सम्पन्न भएको अधिवेशनमा घोडाघोडी नगरपालिका १ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता घनश्याम ओझा प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा संस्थापन अध्यक्ष नरहरि रिजाल, निर्वाचन मण्डलका संयोजक सुनिल सापकोटा लगायतले मन्तव्य राखेका थिए । सहमतिको आधारमा नयाँ नेतृत्व चयन गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *