इटाली नेसन्स लिगको फाइनल चरणमा – Nepal Press

इटाली नेसन्स लिगको फाइनल चरणमा

काठमाडौं । अन्तिम खेलमा हंगेरीलाई २–० गोलले पराजित गर्दै इटाली यूईएफए नेसन्स लिग–ए को फाइनल चरणमा पुगेको छ।

समूह–३ मा इटाली ६ खेलबाट ११ अंकसहित विजेता बन्यो। ६ खेलबाट ३ अंकमा सिमित भएर समूहको अन्तिममा रहेको इङल्यान्ड नेसन्स लिग–बीमा घटुवा भएको छ। यो समूहमा जर्मनी ६ खेलबाट ७ अंकसहित तेस्रो भयो भने हंगेरीले ६ खेलबाट १० अंक जोड्यो।

अन्तिम खेलमा बराबरीको नतिजा आवश्यक रहेपनि हंगेरी त्यसमा सफल हुन सकेन। इटालीका जियाकोमो रास्पाडोरी र फेडेरिको डिमार्कोले गोल गरे। नेसन्स लिग–ए मा चारवटा समूहका विजेताहरु फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्।

सोमबार राती भएको अर्को खेलमा इङल्यान्ड र जर्मनीबीच ३–३ गोलको बराबरी भयो। खेलमा २–० गोलले पछाडि परेर पनि इङल्यान्ड बराबरीमा फर्किएको थियो। इङल्यान्ड पछिल्लो समय खराब लयमा छ।

उसले ६ खेलयता जित हात पार्न सकेको छैन। यता जर्मनीको प्रदर्शन पनि कमजोर छ। उसले पछिल्ला ७ खेलमा पाँच बराबरी, एक जित र एक हारको नतिजा निकालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर