इस्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट
नेपाल प्रेस
२०७९ असोज १० गते ११:५६
काठमाडौं । भोजपुरस्थित इस्टर्न हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले ७ देखि २८ भदौसम्म आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका बासिन्दालाई ६ लाख २० हजार कित्ता सेयर खुला गरेको थियो ।
जसमध्ये पाँच लाख ६९ हजार ६९० कित्ताका लागि आवेदन परेको छ । बाँकी ५० हजार ३१० कित्तामा भने आवेदन परेको छैन । अब यो बाँकी रहेको सेयर कम्पनीले सर्वसाधारणहरूका लागि आईपीओ बिक्री खुला गर्दा थप गरेर ल्याइने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर