गण्डकीले ल्यायो दुई अध्यादेश, घटायो करका दर – Nepal Press

गण्डकीले ल्यायो दुई अध्यादेश, घटायो करका दर

पोखरा । गण्डकी प्रदेश सरकारले दुई अध्यादेश ल्याएको छ । शुक्रवारको मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश जारी गरेको हो ।

निजामती सेवा ऐन र स्थानीय सेवा ऐन पास गरिएको एक मन्त्रीले बताए ।

यस्तै प्रदेश सरकारले करको दर समेत घटाएको छ । कर घटाउने सम्बन्धी मुख्यमन्त्रीको ठाडो प्रस्तावमा मन्त्रिपरिषद्को निर्णयबाट कर घटाइएको हो ।

यस आर्थिक वर्षमा बढाइएका सबै कर अहिले घटाइएको हो । करको दर घटाउने विषयमा अर्थमन्त्री रामजीप्रसाद बराल सहमत नभएपछि मुख्यमन्त्रीको ठाडो प्रस्ताव पारित गरेर कर घटाइएको हो ।

सवारी साधनलाई दिइएको ३३ प्रतिशत छुट परिमार्जन गर्न भने अर्थमन्त्रीले नै प्रस्ताव क्याबिनेटमा लगेका थिए ।

अघिल्लो आर्थिक वर्षमा दिइएको ६० प्रतिशत कर छुटलाई घटाएर अर्थमन्त्रीले अहिले ३३ प्रतिशत मात्र रहने व्यवस्था गरेका थिए ।

यातायात व्यवसायीको विरोध पछि कर छुट बढाएर ६० प्रतिशत नै कायम गरिएको हो ।

अरू शीर्षकका करको दर परिमार्जनका लागि भने मन्त्री बराल सहमत नभएपछि मुख्यमन्त्रीले ठाडो प्रस्ताव क्याबिनेटमा लगेका थिए ।

प्रतिक्रिया

One thought on “गण्डकीले ल्यायो दुई अध्यादेश, घटायो करका दर

  1. प्रदेश लुटुवाहरूले भोट पाईन्छ कि भनेर नाटक गरे । अघिल्लो बजेटको बेलाका किन नघटाएको ? नाटक गर्छौ दलालहरू ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *