अबको युग डेटा र ज्ञान अर्थतन्त्रको हो: पूर्व अर्थमन्त्री पाण्डे
विराटनगर । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अबको युग डेटा र ज्ञान अर्थतन्त्रको भएको बताएका छन् ।
विराटनगरको एक होटलमा कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘उज्यालो पूर्व’ कार्यक्रममा बोल्दै पाण्डेले अबको जमानामा जो देशसँग डेटा र ज्ञान छ त्यो देश धनी हुने र त्यसको लागि कुनै भूगोलले नछेक्ने बताए ।
उनले नयाँ युवा पंक्तिले नयाँ कुरा खोजेको भन्दै त्यता ध्यान दिन आवश्यक भएको बताए।
‘अहिले अमेरिकीकाको डेटा इनर्जी अस्ट्रीयाको सबै उर्जा जत्तिकै छ’, पाण्डेले भने, ‘हाम्रा डाडाकाडाहरुमा डेटा सेन्टर स्थापना गर्न भूगोलको अनुकुलता पनि छ।’अहिले दुनियाँमा डेटा र ज्ञान अर्थतन्त्रमै लगानी बढेको भन्दै पाण्डेले नेपालले नि त्यो लय लिनुपर्ने बताए।