मुटु दिवसको अवसरमा नर्भिकद्वारा हेल्थ प्याकेजमा भारी छुट – Nepal Press

मुटु दिवसको अवसरमा नर्भिकद्वारा हेल्थ प्याकेजमा भारी छुट

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा भारी छुटको अफर सार्वजनिक गरेको छ । अस्पतालले आगामी सेप्टेम्बर २९ तारिखका दिन परेको वल्र्ड हर्ट डे(विश्व मुटु दिवस)को अवसर पारेर हेल्थ प्याकेजको शुल्क खरीद गर्दा ३५ प्रतिशतसम्म छुट पाउने गरी अफर सार्वजनिक गरेको हो ।

हेल्थ प्याकेजअन्तर्गत गरिने विभिन्न परीक्षणहरुका लागि तोकिएको शुल्कमा ३५ प्रतिशतसम्म छुट पाइने अस्पतालले जनाएको छ । यस्तो छुट सम्बन्धी व्यवस्था लागू भइसकेको र अबको एक महिनाभित्रमा हेल्थ प्याकेज खरीद गर्नेले पाउन सकिनेछ ।

विश्व मुटु दिवसको अवसर पारेर डिजाइन गरिएको प्याकेजअन्तर्गत सुगर फास्टिङ, आरएफटी, टोटल कोलेस्ट्रोल, इसीजी, यूरिन रुटिन, इको, ईएसआर, सीबीसी लगायतका जाँचहरु गरिनेछ । यी जाँचहरु गर्दा लाग्ने साबिकको शुल्कहरुमा ३५ प्रतिशतसम्म छुटको अफरसहित विशेष हेल्थ प्याकेज घोषणा गरिएको हो ।

यसपटकको विश्व मुटु दिवस यूज हर्ट फर एभ्री हर्टको थिममा विश्वभर मनाइँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *