बाल्ट्राले ल्यायो बम्पर बबाल उपहार योजना – Nepal Press

बाल्ट्राले ल्यायो बम्पर बबाल उपहार योजना

काठमाडौं । चाडपर्वको मौसममा ग्राहकलाई लक्षित गर्दै बाल्ट्राले ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना ल्याएको छ । बाल्ट्राको कुनै पनि उत्पादन किन्दा, लक्की ड्रमार्फत हरेक हप्ता पाँच जनाले इन्डक्सन कुकिङ सेट जित्न सक्नेछन् । यस्तै बम्पर उपहारमा पाँच जनाले १—१ तोला सुन जित्न सक्नेछन् ।

नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेता (डिलर, रिटेलर, एक्स्क्लुसिभ शोरुम तथा अनलाइन रिटेलर) बाट बाल्ट्राको जुनसुकै उत्पादन खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

उपहार दाबी गर्न विजेताले सामान खरिद गरेको भ्याट/प्यान बिल ल्याउनुपर्नेछ । साथै उपहारमा लागू हुने कर विजेता आफैंले व्यहोर्नुपर्ने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार यो उपहार योजना भाद्र २८ देखि कार्तिक १४ गतेसम्म मात्र लागू गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *