रोनाल्डोको घोषणा- कतार विश्वकप मेरो अन्तिम प्रतियोगिता हुनेछैन – Nepal Press

रोनाल्डोको घोषणा- कतार विश्वकप मेरो अन्तिम प्रतियोगिता हुनेछैन

काठमाडौं । यो सिजन स्वाभाविक लयमा नरहेका क्रिस्टियानो रोनाल्डोले आसन्न कतार विश्वकप आफ्नो अन्तिम प्रतियोगिता नहुने बताएका छन् । विश्वकपपछि पनि आफू पोर्चुगलबाट खेलिरहने उनको भनाइ छ । रोनाल्डोले सन् २०२४ को युरो कप पनि खेल्ने आफ्नो लक्ष्य रहेको बताए ।

‘लामो यात्रा पार भइसकेको छ । तर, यात्रा अझै पूरा भएको छैन । म अहिले धेरै युवा खेलाडीसहित राष्ट्रिय टोलीका लागि छनोटमा रहेको छु । म आगामी विश्वकप र युरोकप २०२४ खेल्न चाहन्छु’, पोर्चुगिज राष्ट्रिय फुटबल संघले दिएको अवार्ड थाप्दै रोनाल्डोले भने ।

३७ वर्षीय रोनाल्डो सन् २००३ देखि सिनियर राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । उनी सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । रोनाल्डोले १८९ खेलमा ११७ गोल गरेका छन् । सन् २०१६ मा युरोकप जितेका रोनाल्डोले विश्वकपमा भने फाइनलको यात्रा तय गर्न सकेका छैनन् ।

यो सिजन गोलका लागि संघर्षरत रोनाल्डोको फिटनेशलाई लिएर उनको भविष्यबारे अनेकौं अड्कलबाजी भइरहेको छ । रोनाल्डोले यो सिजन क्लबका लागि ८ खेलमा केवल एक गोलमात्र गरेका छन् । घरेलु लिगमा ६ खेल खेल्दा एक गोल पनि गर्न सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर