बंगलादेशकाे उल्लास, नेपालकाे निराशा : तस्बिरमा हेर्नुस् रंगशालाका दृष्य – Nepal Press

बंगलादेशकाे उल्लास, नेपालकाे निराशा : तस्बिरमा हेर्नुस् रंगशालाका दृष्य

काठमाडौं । छैठौं साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । यससँगै नेपालको पहिलोपटक उपाधि चुम्ने लक्ष्य अधुरै रहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको आज भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा बंगलादेशले नेपाललाई ३–१ को गोल अन्तरले हराउँदै उपाधिमा कब्जा जमायो ।

सुरुदेखि रोमाञ्चक बनेको खेलमा नेपालले गोलका थुप्रै सुन्दर अवसरहरु सिर्जना गरे पनि फिनिसिङमा चुक्यो । नेपाली खेलाडीहरु मैदानमा निकै अठोटका साथ भिडेका थिए । तर, भाग्यले पनि नेपाललाई साथ दिएन । एकपटक गोललाइनमै पुगेको बल पनि गोलमा परिणत भएन ।

खेलको १३ औं मिनेटमा बंगलादेशले अग्रता लिएको थियो । बंगलादेशकी सामसुननहरले निकै आकर्षक गोल गर्दै नेपाली समर्थकलाई स्तब्ध पारिन् । यस्तै खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले दोस्रो गोल गरिन् ।

नेपालका लागि अनिता बस्नेतले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले उत्तरार्द्धमा एक गोल गरेपछि नेपाल खेलमा फर्किएको थियो । तर, बंगलादेशकी श्रीमोतीले दोस्रो व्यक्तिगत गोल गर्दै नेपाली समर्थकको आशामा पानी खन्याइदिइन् ।

खेलको पहिलो आफ प्रतिस्पर्धात्मक थियो भने दोस्रो हाफमा नेपालले बंगलादेशलाई निरन्तर दबाबमा राखेको थियो । तर, बंगलादेशको रक्षपंक्ति र गोलरक्षकको बलियो पर्खाल नेपालले तोड्न सकेन ।

नेपालले मध्यान्तरपछि आफ्नो गोलमेसिन सावित्रा भण्डारीलाई मैदानमा पठाएको थियो । तर, उनले पनि आज कुनै चमत्कार गर्न सकिनन् । उनले केही मौका पाए पनि त्यसको सदुपयोग गर्न चुकिन् । बंगलादेशको जीतसँगै साफ च्याम्पियनसिपले नयाँ विजेता पाएको छ ।

अहिलेसम्म भारतबाहेक कुनै पनि देशले च्याम्पियनसिप जित्न सकेका थिएनन् । भारत फाइनलबाट बञ्चित भएको पनि पहिलोपटक हो । घरेलु मैदानमा नेपाल चुकेसँगै दर्शकहरुमा निराशा छाएको छ ।

विजेता र उपविजेतालाई आजै पुरस्कार वितरण गरिएको छ ।

प्रतिक्रिया

One thought on “बंगलादेशकाे उल्लास, नेपालकाे निराशा : तस्बिरमा हेर्नुस् रंगशालाका दृष्य

  1. आज निराश भनेर हुन्छ ? खेलाडीलाई होईन दलका भरौटेहरूलाई प्रथमिकता दिईन्छ खेलकुदमा । अनैतिक काम गरेर पैसा कमाउन खेलकुदमा दलका दलालहरू जान्छन । अनि कसरअं जितिन्छ ? झन अहिलेको त सरकारै भारतको दलाली गर्न बनेको । के खेलकुदको विकास हुनु ? पैसा कमाउनु परेको छ दलालहरूलाई- लाईसेन्स बेचेर हुन्छ कि, नियुक्ती दिलाएर हुन्छ कि, सिण्डिकेट व्युताएर हुन्छ कि, देशको विरूद्व विदेशीलाई दलाली गरेर हुन्छ कि , ठेकेदारले भने अनुसारको खरिद नियमावली संशोधन गरेर हुन्छ कि, करका दर फेरेर हुन्छ कि । जसरी पनि कमाउनुपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर