जीत नजिक बंगलादेश : नेपालमाथि तेस्रो गोल – Nepal Press

जीत नजिक बंगलादेश : नेपालमाथि तेस्रो गोल

काठमाडौं । महिला साफ च्याम्पियनसीप फाइनलमा बंगलादेश जीत नजिक पुगेको छ । खेल उत्तरार्द्धमा रहँदा तेस्रो गोल हान्दै बंगलादेशले नेपालविरुद्ध २ गोलको अग्रता बनाएको हो ।

मध्यान्तरअघि बंगलादेशले दुई गोल हानेको थियो भने नेपालले एक गोल फर्काएको थियो । एक गोल फर्काएसँगै नेपाली समर्थकमा जागेको आशालाई बंगलादेशकी श्रीमोती सरकारले व्यक्तिगत दोस्रो गोल गर्दै तुषारापात गरिदिइन् ।

नेपाल आक्रमणमा केन्द्रित रहेका वेला उनले प्रत्याक्रमणमा पारेको सहज अवसरलाई गोलमा परिणत गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर