कांग्रेस केन्द्रीय समिति बैठकअघि पौडेल पक्षका नेता आन्तरिक छलफलमा – Nepal Press

कांग्रेस केन्द्रीय समिति बैठकअघि पौडेल पक्षका नेता आन्तरिक छलफलमा

काठमाडौं । केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि नेपाली कांग्रेसको पौडेल पक्षीय नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

पार्टी कार्यालय सानेपामा महाधिवेशनको मिति, कार्यतालिका र आन्दोलनका थप कार्यबारे छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए ।

आजै नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । दिउँसो दुई बजेपछि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा १४ औं महाधिवेशनको नयाँ कार्यतालिका, आन्दोलनको समीक्षा तथा थप रणनीतिबारे छलफल हुने बताइएको छ ।

कांग्रेस महाधिवेशन यही फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा हुने तय थियो ।

सो मितिमा महाधिवेशन नहुने निश्चित भएकाले संवैधानिक सुविधा प्रयोग गरि महाधिवेशनको नयाँ मिति तोक्नेबारे बैठकले निर्णय लिनेछ ।

सभापति शेरबहादुर देउवा २०७८ भदौमा महाधिवेशनको मिति तोक्ने तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर