स्टार स्ट्राइकर साम्बा फाइनलमा सुरूबाट खेल्ने सम्भावना कम – Nepal Press

स्टार स्ट्राइकर साम्बा फाइनलमा सुरूबाट खेल्ने सम्भावना कम

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण सदस्य सावित्रा भण्डारी सोमबार साँझ हुन साफ च्याम्पियनसिपको फाइनलमा सुरूवातबाटै खेल्ने सम्भावना कम देखिएको छ ।
मेडिकल टोलीले ‘अनफिट’ रहेको बताएपछि साम्बा सुरूवाति-११ मा रहने सम्भावना कम रहेको टिम व्यवस्थापन स्रोतले भन्यो ।

आवश्यक परे साम्बालाई अन्तिमको २०/३० मिनेट खेलाउने तयारीमा टिम व्यवस्थापन रहेको छ। साम्बाले यसअघि सेमिफाइनल पनि खेलेकी थिइनन् । यद्यपि उनलाई वैकल्पिक सूचीमा राखिएको थियो ।

डेंगु भएकी साम्बाको स्वास्थ्यमा अन्य समस्या पनि देखिएपछि मेडिकल टिमले उनलाई खेल्नका लागि ग्रिन सिग्नल दिएको थिएन । यद्यपि उनी अभ्यासमा भने सहभागी भइरहेकी थिइन् । साम्बा नेपाली महिला फुटबलकी कीर्तिमान खेलाडी हुन् । उनी सर्वकालीन सर्वाधिक गोलकर्ता रहेकी छिन् ।

साम्बाले नेपालका ३९ खेलमा ४० गोल गरेकी छिन् । जारी प्रतियोगितामा उनले २ गोल गरेकी छन् । छैटौँ साफ च्याम्पियनसिपको उपाधिका लागि दशरथ रंगशालामा सोमबार नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टोली पहिलोपटक साफ च्याम्पियन बन्ने तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर