लियोनमाथि मेस्सीको निर्णायक गोल – Nepal Press

लियोनमाथि मेस्सीको निर्णायक गोल

काठमाडौं । लियोनल मेस्सीको निर्णायक गोलमा आइतबार राति पीएसजीले लिग वानमा महत्वपूर्ण जित हात पारेको छ । बलियो प्रतिद्वन्द्वी लियोनविरुद्ध पीएसजी १-० गोलले विजयी भयो ।

मेस्सीले पाचौँ मिनेटमा गोल गरेका थिए । नेमारको पासमा उनले पहिलो बार च्यापेर गोल गरेका थिए । दोस्रो हाफमा मेस्सीको फ्रिकिक बारमा लागेर फर्किएको थियो । जितसँगै पीएसजीले अंक तालिकामा दुई अंकको स्पष्ट अग्रता लिएको छ। पीएसजीको ८ खेलबाट २२ अंक छ । दोस्रो स्थानमा रहेको मार्सेलीको ८ खेलबाट २० अंक छ ।

पीएसजीले यो सिजन घरेलु लिगमा हार ब्यहोरेको छैन । उसले ७ जित र एक बराबरीको नतिजा निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर