कमल सङ्घर्षको गजलसंग्रह ‘खुडी’ विमोचन – Nepal Press

कमल सङ्घर्षको गजलसंग्रह ‘खुडी’ विमोचन

काठमाडौं। गजलकार कमल सङ्घर्षको गजलसंग्रह ‘खुडी’को विमोचन भएको छ । शनिवार नेपाल प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमका बिच ‘खुडी’ विमोचन गरिएको हो ।

विमोचन कार्यक्रममा आख्यानकार अमर न्यौपाने, गजलकार करुण थापा, गजलकार शीतल कादम्बिनी, गजल अध्येता डा.दीपककुमार खड्काले खुडीमाथि समिक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा सङ्घर्षको गजल वाचनसमेत भएको थियो ।

नेपाली गजल साहित्यका चर्चित श्रष्टा सङ्घर्षको ‘खुडी’ दोस्रो गजलकृति हो । पछिल्लो समय अछामी भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमासमेत सक्रिय उनका कैफियत २०७० (संयुक्त गजलसंग्रह), सडक २०७३ (एकल) गजलसंग्रह तथा विभिन्न पत्रपत्रिकामा विभिन्न फुटकर लेखरचना प्रकाशित छन् ।

सडक सर्वाधिक बिक्रि भएको गजल सङ्ग्रह हो । प्रथम पटक रचना वाचनले प्रकाशन गरेको सडकको दोस्रो र तेस्रो संस्करण शिखा बुक्सले प्रकाशन गरेको छ । ‘खुडी’ अछामसहित सुदूरपश्चिम, कर्णाली प्रदेशका केही ठाउँमा प्रचलित शब्द हो । जसको अर्थ पिँजडा भन्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *