उपाधि हात पार्ने नेपाल र बंगलादेशको दाबी (भिडिओ) – Nepal Press
साफ महिला च्याम्पियनसिप

उपाधि हात पार्ने नेपाल र बंगलादेशको दाबी (भिडिओ)

काठमाडौं । छैठौं संस्करणको महिला साफको फाइनलमा पुगेका नेपाल र बंगलादेशका प्रशिक्षण र कप्तानले मेहनत गरेर खेल्ने र ट्रफी उचाल्ने दाबी गरेका छन् ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले छैठौं संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताए । उनले साफको लागि भावनात्मक र शारीरिक रुपमा धेरै मेहेनत गरेको र साफको स्टार जर्सी लगाउने सपना पुरा गर्ने बताए । साफको फाइनलमा हुन पाउनु सम्मान भएको भन्दै उहाले यो मौका गुमाउने पक्षमा नरहेको उनको भनाई छ ।

त्यस्तै, नेपाली टोलीका कप्तान एन्जिला सुब्बा तुम्बापोले आफूहरु उपाधिका लागि शारीरिक र मानसिक रुपमा बलियो रहेको बताइन् ।

प्रि–म्याच कन्फरेन्समा बंगलादेशका मुख्य प्रशिक्षक गोलोम रिब्बानीले नेपाल बलियो भएपनि फाइनलका लागि आफूहरु तयार भएको र त्यसै अनुसारको तयारी गरेको बताए । उनले फाइनल निकै प्रतिस्पर्धात्मक हुने धारणा राखे । त्यस्तै, बंगलादेशकी कप्ताल कप्तान सबिना खातुनले फाइनलका लागि पूर्ण रुपमा तयार भएको र जीतका साथ ट्रफी उचाल्ने दावी गरिन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार हुने फाइनलमा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशबीच पहिलो पटक फाइनलमा खेल्न लागेको हो । यस्तै महिला साफको १२ वर्षे इतिहासमा पहिलो पटक नयाँ च्याम्पियन राष्ट्र थपिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर