घरेलु लिगमा बायर्नको खराब लय, लगातार तीन बराबरीपछि हार – Nepal Press

घरेलु लिगमा बायर्नको खराब लय, लगातार तीन बराबरीपछि हार

काठमाडाैं ।  बुन्डेस लिगा क्लब बायर्न म्युनिखले यो सिजनकै पहिलो हार ब्यहोरेको छ। बुन्डेस लिगाअनतर्गत शनिबार राती भएको खेलमा अग्सबर्गले बायर्नलाई १–० गोलले हराएको हो।

अग्सबर्गका मर्जिम बेरिसाले ५९ औं मिनेटमा गरेको गोलमा बायर्न स्तब्ध भयो। बायर्नले गत साता मात्र युरोपियन च्याम्पियन्स लिगमा बलियो टोली बार्सिलोनालाई २–० गोलले हराएको थियो। घरेलु लिगमा बायर्नको लय राम्रो छैन। अग्सबर्गसँग हार ब्यहोर्नुअघि बायर्नले लगातार तीन खेलमा बराबरीमा खेलेको थियो।

अग्सबर्गले घरेलु लिगमा लगातार तीन हारपछि लगातार दोस्रो जित हात पारेको हो। ७ खेलबाट १२ अंक भएको बायर्न तालिकाको चौथो स्थानमा छ। शीर्षस्थानमा रहेको बोरुस्सिया डर्टमुन्डको ७ खेलबाट १५ अंक छ। डर्टमुन्डले शनिबार राती साल्केलाई १–० गोलले हरायो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर