लगातारको झरीले प्रदेशस्तरीय खेल प्रतियोगिता प्रभावित – Nepal Press

लगातारको झरीले प्रदेशस्तरीय खेल प्रतियोगिता प्रभावित

रुपन्देही । प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा असोज २ गतेबाट १३ गतेसम्म हुने भनिएको प्रदेशस्तरीय प्रतियोगिता तथा छनौट खेल स्थान र तालिका परिवर्तन भएको छ ।

लगातारको झरीले राष्ट्रिय खेलकुद परिषदको असोज १० गतेभित्र सक्नुपर्ने नयाँ निर्देशनअनुसार तालिका परिवर्तन गरिएको प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले बताए ।

रुपन्देही, नवलपरासी, कपिलबस्तु, दाङ, नेपालगंज, बर्दिया र रोल्पामा आयोजना गर्ने भनिएको प्रतियोगितामा हेरफेर गरिएको उनले बताए । रोल्पामा ११ र १२ गते हुने भनिएको आरटिएफ तेक्वान्दो खेल रुपन्देहीमा भदौ ४ र ५ गते सारिएको उनले बताए । यसैगरी रग्बी खेल गुलरिया बर्दियामा आयोजनाको तयारी भएकोमा परिवर्तन गरी बाँकेमा भदौ ११ गते गरिने उनले बताए । अन्य खेलहरु भने तोकिएको स्थान र समयमा हुने उनले बताए ।

प्रतियोगिताको उद्घाटन आइतबार बुटवल एन्फा एकेडेमीमा हुनेछ । प्रतियोगिता अन्तरगत पुरुष÷महिला फुटबल, महिला भलिबल खेलहरु बुटवल एन्फा एकेडेमीमा भदौ २ देखि ४ गतेसम्म, बुद्धिचाल बुटवलमा २ र ३ गते, तेक्वान्दो, ब्याडमिन्टन खेलहरु भैरहवामा पुरुष÷महिला कबड्डी, लनटेनिस, शारीरिक सुगठन, आर्चरी खेल रुपन्देहीमा भदौ २ देखि ३ गते हुनेछ । यसैगरि पुरुष भलिबल नवलपरासी तथा सितोरिया कराँते कपिलवस्तुमा ४ र ५ गते हुनेछ ।

एथ्लेटिक्स खेल बेलझुण्डी दाङमा, फुलकन्टयाक्ट कराँते, टेबलटेनिस, हेण्डबल तुल्सीपुर दाङमा भदौ ६ र ७ गते हुनेछ । यसैगरि बास्केटबल, बक्सिङ, भारोत्तलन, कुस्ती, उसु, जुडो, सुटिङ, पौडी, जिम्न्यास्टिक, पुरुष/महिला हक्की, साइक्लिङ खेलहरु नेपालगंज बाँकेमा भदौ ८, ९ र १० गते हुनेछ ।

यसैगरी सेप्राक्ता ताराताल बर्दियामा १० गते, पुरुष/महिला खोखो भुरिगाउ बर्दियामा १० र ११ गते हुने भएको छ । प्रतियोगितामा १२ जिल्लाका २ हजार ६ सय ५२ जना खेलाडीहरु, २ सय अफिसियल र ३ सय भोलिन्टियरहरुको सहभागिता रहनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *