पुष्प खड्का र रुबिना थापा अभिनित म्युजिक भिडिओ सार्वजनिक – Nepal Press

पुष्प खड्का र रुबिना थापा अभिनित म्युजिक भिडिओ सार्वजनिक

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री रुबिना थापा अभिनित नयाँ म्युजिक भिडिओ सार्वजनिक भएको छ । भिडियोमा पुष्प र रुबिनालाई रोमान्टिक सिनमा देख्न सकिन्छ ।

सुमन केसी र प्रबिसा अधिकारीको श्वर रहेको गीतमा मधु पौडेललले शब्द रचना गरेका छन् भने प्रल्हाद बोगटीको संगीत रहेको छ । गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन् ।

‘पलपल हरपल’ बोलको प्रेमिल गीतको भिडिओ लाई शान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारीले खिचेको भिडिओ मा सुप्रीम पराजुलीको सम्पादन र कलर रहेको छ । भिडिओ आसाम मोसन पिक्चरबाट सार्वजनिक भएको छ ।

भिडिओ:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *