नवौं राष्ट्रिय खेलकुद: पुरुष क्रिकेटको स्वर्ण नेपाल पुलिसलाई – Nepal Press

नवौं राष्ट्रिय खेलकुद: पुरुष क्रिकेटको स्वर्ण नेपाल पुलिसलाई

काठमाडौं । नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुदमा पहिलो स्वर्ण पदक जित्ने टोली बनेको छ । पुरुष क्रिकेटमा शुक्रबार त्रिभुवन आर्मी क्लबलाई ९ विकेटले हराउँदै पुलिसले स्वर्ण पदक जितेको हो ।

वर्षाका कारण ८ ओभरमा घटाइएको खेलमा आर्मीले दिएको १०४ रनको लक्ष्य पुलिसले ६ ओभर ५ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो । पुलिसको जीतमा कुशल भुर्तेलले १९ बलमा ६ छक्का र तीन चौकासहित ५१ रन बनाए । सुनिल धमलाले १७ बलमा ४ छक्का र २ चौकासहित अविजित ४२ रन बनाए ।

त्यसअघि पहिला ब्याटिङ गरेको आर्मीका विनोद भण्डारीले १४ बलमा चार छक्का र तीन चौकासहित ४० रन बनाएका थिए । रोहित पौडेलले १० बलमा चार छक्कासहित २८ रन जोडे । नवौं राष्ट्रिय खेल औपचारिक रुपमा सुरु हुनुभन्दा एक महिनाअघि नै पुरुष क्रिकेट प्रतियोगिता आयोजना भएको हो । पुरुष क्रिकेटका धेरै खेल वर्षाका कारण रद्द भएपछि टीमहरुले असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर