पाकिस्तान र भारतबीच हुने टी-२० विश्वकप खेलको टिकट ‘सोल्ड आउट’ – Nepal Press

पाकिस्तान र भारतबीच हुने टी-२० विश्वकप खेलको टिकट ‘सोल्ड आउट’

काठमाडौं । अस्ट्रेलियामा हुने आईसिसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तान र भारतबीच हुने खेलको टिकट सोल्ड आउट भएको छ। अक्टोबर २३ तारिखमा मेलबर्न क्रिकेट मैदानमा हुने उक्त खेलको टिकट बिक्री भइसकेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले जनाएको छ।

प्रतियोगिता हेर्न हालसम्म ५ लाखले टिकट लिइसकेको बताइएको छ । आईसिसीका अनुसार हालसम्म ८२ देशका नागरिकले विश्वकप खेल हेर्न टिकट खरिद गरेका छन् । भारत र पाकिस्तान विश्व क्रिकेटका चिरप्रतिद्वन्द्वी हुन्।

हालै भएको एसिया कपमा यी दुई टोलीबीच दुईपटक प्रतिस्पर्धा भएकामा भारत र पाकिस्तान दुवैले एक एक खेल जितेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर