पाकिस्तानी पूर्वअम्पायर असद राउफ रहेनन् – Nepal Press

पाकिस्तानी पूर्वअम्पायर असद राउफ रहेनन्

काठमाडौं । आईसीसी इलाइट प्यानलका पाकिस्तानी पूर्व अम्पायर असद राउफको निधन भएको छ । हृदयघातका कारण ६६ वर्षको उमेरमा उनको निधन भएको हो ।

राउफले ६४ वटा टेस्ट, १३९ ओडीआइ तथा २८ टि–२० मा अम्पायरिङ गरेका थिए । उनी पाकिस्तानका सर्वाधिक प्रख्यात अम्पायरमध्ये एक हुन् । उनलाई सन् २००६ मा आइसीसीको इलाइट प्यानलमा समावेश गरिएको थियो । तर, सन् २०१३ मा मुम्बई प्रहरीले आइपीएलको स्पट फिक्सिङ स्क्यान्डलमा आरोपित गरेपछि उनको करिअरमा अचानक ब्रेक लाग्यो ।

त्यस वर्षको आईपीएल सिजन सकिनुअगावै राउफले भारत छोडेका थिए । त्यसपछि उनी च्याम्पियन्स ट्रफीबाट हटाइए भने आइसीसीले इलाइट प्यानलबाट पनि निकाल्यो । सन् २०१६ मा भारतीय क्रिकेट बार्डले उनलाई विभिन्न चार आरोपहरु लगाउँदै पाँच वर्षको प्रतिवन्ध लगाइदिएको थियो । यद्यपि, आईसीसीले भने उनलाई दोषी ठहर गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर