एनआईसी एशिया बैंकको खातामा विदेशबाट सोझै रकम पठाउन सकिने – Nepal Press

एनआईसी एशिया बैंकको खातामा विदेशबाट सोझै रकम पठाउन सकिने

काठमाडौं । एनआईसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब प्रत्यक्ष भिजा मार्फत सोझै रकम पठाउन सकिने सेवा सुरु भएको छ । यस बैंकले अन्तर्राष्ट्रिय भिजासँग सहकार्य गर्दै आफ्ना ग्राहकसामु यो नवीन सेवाको सुरुवात गरेको हो ।

अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहकले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्ने छन् । यो अन्तर्गत विश्वका कुनै पनि प्रत्यक्ष भिसा प्लेटफर्ममार्फत रकम पठाउँदा सो बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ ।

त्यसका लागि रकम पठाउन विदेशी तथा स्वदेशी ग्राहकले आफ्नो मोबाइल/इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत सो बैंकले जारी गरेको १६ अंकको भिजा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्ने छन् । यो सेवाले रेमिटेन्स सम्प्रेषणलाई सहज बनाउने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *