ग्लोबल आइएमइ क्यापिटल पनि अब एनपीएसमा आबद्ध – Nepal Press

ग्लोबल आइएमइ क्यापिटल पनि अब एनपीएसमा आबद्ध

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड (जीआईसीएल) ले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच (एनपीएस) को लागि सम्झौता भएको छ ।

सम्झौता पत्रमा जीआईसीएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

जीआईसीएलले विगत ६ वर्ष देखि प्राविधिक सदस्यको रुपमा एनसीएचएल आइपीएस प्रणालीको प्रयोग गर्दै आएको छ । एनपीएसको उक्त सम्झौता पश्चात जीआईसीएलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सकिने छ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआइमा हाल ५९ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् । भने, अन्य पिएसपी/ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ७३ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *