सलाहको गोलमा लिभरपुलको पहिलो जित – Nepal Press

सलाहको गोलमा लिभरपुलको पहिलो जित

काठमाडौं । च्याम्पियन्स लिग फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले पहिलो जित निकाल्ने क्रममा आयक्सलाई २-१ अन्तरले पराजित गरेको छ ।

समूह ए को खेलमा पहिलो जित निकाल्ने क्रममा लिभरपुलले आयाक्सलाई २(१ ले हरायो । लिभरपुललाई जित दिलाउन मोहमद सलाह र जोएल माटिपले एक एक गोल गरे । आयाक्सला मोहमद कुडुसले एक गोल गरे ।

खेलको १७औं मिनेटमा सलाहले लिभरपुललाई अग्रता दिलाए । २७औं मिनेटमा मोहमद कुडुसले गोल गर्दै आयाक्सलाई १-१ गोलको बराबरीमा ल्याए । ८९ औं मिनेटमा माटिपले गोल गर्दा लिभरपुल २-१ ले विजयी भयो ।

जितसँगै लिभरपुलले २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ । आयाक्स ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर