बायर्न म्युनिखसँग फेरि पराजित भयो बार्सिलोना, निराश बने लेवान्डोस्की – Nepal Press

बायर्न म्युनिखसँग फेरि पराजित भयो बार्सिलोना, निराश बने लेवान्डोस्की

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई पराजित छ । मंगलबार राति भएको खेलमा बायर्न ले बार्सिलोनालाई२-० गोलले पराजित गरेको हो।

बायर्नको जितमा लुकास हर्नान्डेज र लेरो सेनले गोल गरे। हर्नान्डेजले ५० र सेनले ५४ औँ मिनेटमा गोल गरेका थिए। बार्सिलोनाले हालसम्म बायर्नको मैदानमा जित हात पार्न सकेको छैन। यस्तै बायर्नले बार्सिलोनामाथी लगातार पाचौँ खेल जितेको हो।

सन् २०१५ को च्याम्पियन्स लिगको नकआउट चरण पहिलो लेगमा २-० गोलले जित हात पारेयता बार्साले बायर्नलाई हराउन सकेको छैन।
यस्तै आफुले ८ वर्ष बिताएको बायर्नविरुद्ध रोबर्ट लेवान्डोस्की पनि निराश बने। उनी यसै सिजनमात्र बायर्नबाट बार्सा भित्रिएका हुन्।

उनले गत साता मात्र च्याम्पियन्स लिगकै खेलमा ह्याटिक गरेका थिए। च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राती भएका अन्य खेलमा लिभरपुलले आयाक्सलाई २-० गोलले हराएको छ भने एट्लेटिको म्याडिड, बायर लेभरकुसेनसँग २-० गोलले पराजित भएको छ। स्पोर्टिंगले टोटनहामलाई र इन्टर मिलानले प्लेजेनलाई समान २-० गोलले हराएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर