साफ च्याम्पियनसिप : पकिस्तानको सुखद अन्त्य – Nepal Press

साफ च्याम्पियनसिप : पकिस्तानको सुखद अन्त्य

काठमाडौं । समूह चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई ७-० ले पराजित गर्दै पाकिस्तानले साफ महिला च्याम्पियनसिपमा सुखद अन्त्य गरेको छ ।

दशरथ रंगशालामा सम्पन्न खेलमा पाकिस्तानको जितमा नादिया खानले चार गोल गर्दा रमिन फरिद, खादिजा काज्मी र अन्मुल हिराले एक–एक गोल गरे ।

आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानका लागि रमिन फरिदले ४० औं मिनेट पहिलो गोल गरिन् । पहिलो हाफमा १-० को अग्रता बनाएको पाकिस्तानले दोस्रो हाफमा ६ गोल थप्यो ।

पाकिस्तानकी खादिजा काज्मीले ४८औं मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर पारिन् । नादियाले ५३औं मिनेटमा गोल गर्दै पाकिस्तानको अग्रतालाई ३-० मा पुर्‍याइन् । यस्तै, ७८ औं मिनेटमा नादियाले नै पाकिस्तानको अग्रतालाई ४-० मा पुर्‍याइन् । खेलको निर्धारित ८४ औं मिनेट नादियाले ह्यट्रिक पूरा गर्दै टिमका लागि पाँचौं गोल गरिन् ।

खेलको अन्तिम मिनेटमा नादियाले व्यक्तिगत चौथो गोल गर्दै पाकिस्ताको अग्रतालाई आधा दर्जन पुर्‍याइन् ।

यस्तै, अन्मुल हिराले इन्जुरी समयमा गोल गरेपछि पाकिस्तानले ७-० को जितसहित प्रतियोगिताका छैटौं संस्करणको अन्त्य गर्‍याे । खेलमा चार गोल गरेकी नादिया ‘प्लेयर अफ दी म्याच’ चुनिइन् ।

यसअघि समूह चरणमा लागातार दुई हार व्यहोर्दै पाकिस्तान र माल्दिभ्स प्रतियोगिताबाट बाहिरी सकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर