सेमिफाइनलको चुनौतिका लागि तयार छौंः प्रशिक्षक थापा – Nepal Press

सेमिफाइनलको चुनौतिका लागि तयार छौंः प्रशिक्षक थापा

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले सेमिफाइनलको चुनौतिका लागि आफु र टिम तयार रहेको बताएका छन् ।

सोमबार साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६–० गोलको नतिजामा पराजित गर्दै समूह बिजेताको हैसियतले नेपाल सेमिफाइनल पुग्यो ।

श्रीलंकासँगको खेलपछि बोल्दै थापाले समूह चरणमा भुटान र श्रीलंकासँगको खेलमा नेपाली टिमलाई गाह्रो नभएको तर सेमिफाइनलमा आउने टिम भने चुनौतिपूर्ण हुने बताए । र, चुनौतीको सामना गर्न आफु र खेलाडीह तयार रहेको पनि उनले प्रष्ट पारे ।

‘भुटान र श्रीलंंकाले दुख दिएन तर सेमिफाइनलको टिमले पक्कै दुख दिन्छ र त्यो सबै चुनौतिहरुका लागि म र मेरो खेलाडीहरु तयार छौं । सेमिफाइनलको चुनौति सामना गरेर फाइनल पुग्न तयार छौं,’ उनले भने ।

यस्तै, श्रीलंकाविरुद्धको खेलमा सबै खेलाडी आफ्नो योजना अनुरुप नखेलेको र गोल गर्न मात्रै हतारिएको प्रशिक्षक थापाले गुनासो पोखे ।

‘ प्रदर्शनका आधारमा हेर्ने हो भने हामी गोल गर्न हतार भयौं । तर बनाएको योजना अनुरुप भएन । दुई खेल हामीलाई अभ्यास जस्तै भयो, उनले भने ।

यस्तै, पहिलो खेलमा पनि नेपालले खेल समय भरिनै भुटानको पोष्टमा दबाब बनाएको थियो । त्यस्तै श्रीलंकासँग पनि बलले सेन्टर कट्ने कमै मौका पायो । गोलपोष्ट सम्म झुकिएर एउटा बल पुग्यो । बल बचाउँनु पर्ने डिफेन्डर गोल गर्ने मौका खोज्दै थिए । त्यहा न गोल किपरलाई दवाव भयो न डिफेन्डरलाई । तर सेमिफाइनलमा नेपाली टिमको गोलकिपर र डिफेन्डरको असलि परिक्षा हुने प्रशिक्षक थापा बताउँछन् ।

‘ यी दुई खेलमा हाम्रो डिफेन्डर र गोलकिपर कस्तो छन् भनेर हामीले टेस्ट गनै पाएनौं । बल जोगाउनु पर्ने डिफेन्डर आफै गोल गर्न गएका थिए बल जोगाउने नभएपछि त्यो पनि गर्नु पर्यो । तर सेमिफाइनलमा त्यो हुँदैन हामीले बनाएको योजना र हाम्रो ट्याक्टिसमा सबै कुरा चले मात्रै चुनौती पार लगाउन सकिने छ,’ थापाले थपे ।

सेमिफाइनलमा नपालले मंगलबार हुने भारत र बंगलादेशबीचको खेलमा पराजय बेहोर्ने टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघिनै लगातार दुई जित निकालेर सेमिफाइनल प्रवेश गरेपनि भारत र बंगलादेशले मंगलबाको खेल पश्चात मात्रै सोमिफाइनलको प्रतिद्वन्दी प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर