सहकारीमा समस्या आउँदा अध्यक्ष र व्यवस्थापकलाई देखाएर सञ्चालकहरू पन्छिन मिल्दैन : विभाग – Nepal Press

सहकारीमा समस्या आउँदा अध्यक्ष र व्यवस्थापकलाई देखाएर सञ्चालकहरू पन्छिन मिल्दैन : विभाग

काठमाडौं । सहकारी विभागले सहकारीमा समस्या आउँदा अध्यक्ष र व्यवस्थापकलाई देखाएर सञ्चालकहरु पन्छिन नमिल्ने बताएको छ ।

विभागका शाखा अधिकृत निरोज घिमिरेले आज एक विज्ञप्ति जारी गर्दै सहकारीमा आएका समस्याहरुका विषयमा सञ्चालकहरु भाग्न नमिल्ने उल्लेख गरेका हुन् ।

सहकारी लोकतान्त्रिक प्रणालीबाट संचालक समिति र लेखा सुपरीवेक्षण समिति छनाेट भई नियमित र निरन्तर रुपमा संचालन हने संस्था रहेको जनाउँदै संस्थाले राम्रो गर्दा जस लिने तर समस्या पर्दा त्यतिकै सञ्चालक समितिमा राखिदिएछन् भनेर उम्किन नपाइने विज्ञप्तिमा उल्लेख छ ।

संचालक समितिको सदस्य भएपनि आफूलाई केही थाहा छैन, सबै अध्यक्ष र व्यवस्थापकलाई थाहा छ भनी जिम्मेवारीबाट पन्छिन अलग गराइ पाउँ भनि विभागमा अनुरोध आउने गरेको विज्ञप्तिमा भनिएको छ ।

विभागले आइतबार गरिएको निर्णय अवगत गराउँदै विज्ञप्तिमा भनेको छ, ‘सहकारी संघसंस्थाहरु संचालक समिति, लेखा सुपरीवेक्षण समिति र सम्पूर्ण शेयर सदस्य समेतको सामूहिक जिम्मेवारीमा रहने संस्था भएको र प्रत्येक संचालक सदस्यले अध्यक्ष वा व्यवस्थापक वा अमुक व्यक्तिलाई जिम्मेवारी पन्छाएर आफू अलग रहन नपाउने भएकोले प्रत्येक संचालक सदस्यले संस्थाको हरेक क्रियाकलापमा चासो राखी संस्थाको र सदस्यको बृहत्तर हितमा केन्द्रित रही संस्थालाई बलियो बनाउन सामूहिक प्रतिबद्दताका साथ कार्यसम्पादन गर्नु गराउनु हुन अनुरोध गरिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *