कारोबार करोडमा झर्‍यो, नेप्सेमा ११.४७ अंकले गिरावट – Nepal Press

कारोबार करोडमा झर्‍यो, नेप्सेमा ११.४७ अंकले गिरावट

काठमाडौं । सेयर बजार प्यानिक अवस्थामा पुगेको छ । अर्बौँको कारोबार हुने बजारमा सङ्कुचन आएर कारोबार रकम करोडमा झरेको छ ।

सेयर बजार निरन्तर ओरालो लाग्दा खरिदबिक्री रकम झन्झन् घट्दै गएको हो ।

आइतबार नेप्से सूचक ११.४७ अंकले घटेर १९२६.२८ विन्दुमा आएको छ । करिब ७४ करोड रुपैयाँको मात्र सेयर कारोबार भएको छ । यो खरिदबिक्री रकम न्यून हो ।

अहिले सेयरको भाउ निकै सस्तो भएको छ । अन्य समूह बाहेक सबै समूहमा गिरावट आएको छ । सेयर बजारबाट लगानीकर्ताले ठुलो रकम गुमाइसकेका छन् ।

मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य ४.५६ अंकले बढेको छ । अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

अर्थतन्त्रका केही परिसूचकहरू सुध्रिएको प्रतिवेदन राष्ट्र बैंकले सार्वजनिक गरे पनि सेयर बजारमा त्यसको प्रभाव देखिन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *