दशैंका लागि नयाँ नोट वितरण शुरु – Nepal Press

दशैंका लागि नयाँ नोट वितरण शुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)देखि दशै‌ंका लागि नयाँ नोट वितरण शुरु गरेको छ ।

केन्द्रीय बैंकको बालुवाटारस्थित कार्यालयबाट नयाँ नोट वितरण शुरु गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले नेपाल प्रेसलाई जानकारी दिए ।

आज कार्यालय समय शुरु भएदेखि नै राष्ट्र बैंकमा पैसा साट्नेको लाइन लागेको उनले बताए । भदौ २९ गतेबाट नयाँ नोट वितरण गर्ने भनेपनि आजबाटै वितरण गरिएको नेपालले बताए ।

एक व्यक्तिले ५ देखि एक सय दरका एक एक प्याकेट गरी १८ हजार ५ सय सम्म साट्न पाउँनेछन् । आज ४० करोड रुपैयाँ वितरण गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । अन्य बैंक तथा वित्तिय संस्थाले भने असोज २ गतेदेखि वितरण गर्ने नेपालको भनाइ छ ।

यस पटकको दशैमा १० अर्ब नयाँ नोट सटही गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्ष सात अर्ब रुपैयाँ नयाँ नोट वितरण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *