पाकिस्तान श्रीलंकासँग पराजित – Nepal Press

पाकिस्तान श्रीलंकासँग पराजित

काठमाडौं । एसिया कप क्रिकेट २०२२ को सुपर फोरमा श्रीलंकाले शतप्रतिशत जित निकालेको छ । सुपर फोरको अन्तिम खेलमा फाइनलमा स्थान बनाइसकेको श्रीलंकाले शुक्रबार पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको १२२ रनको लक्ष्य श्रीलंकाले १७ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।

श्रीलंकाको जीतमा ओपनर पथुम निशाकाले सर्वाधिक ५५ रन बनाए । यस्तै भानुका राजापाक्षेले २४ र कप्तान दसुन सनाकाले २१ रन बनाउँदा वनिन्दु हसरंगा १० रनमा अविजित रहे । पाकिस्तानका मुहम्मद हसनैन र ह्यारिस रौफले समान दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले १९.१ ओभरमा सबै विकेट गुमाउनुअघि १२१ रनको योगफल खडा गरेको थियो ।

पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ३० रन बनाएका थिए । यसबाहेक, मुहम्मद नवाजले २६, मोहम्मद रिजवानले १४ रन जोड्दा फकर जमान र इफ्खिर अहमेदले समान १३ रन जोडे । श्रीलंकाका वनिन्दु हसरंगाले तीन विकेट लिए ।

सुपर फोरमा यसअघि श्रीलंका र पाकिस्तान दुवैले भारत र अफगानिस्तालाई हराउँदै उपाधि भिड्न्त पक्का गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर