पृष्ठभूमिमा क्याप्टेन लेखेर क्यानले ज्ञानेन्द्रलाई दियो जन्मदिनको शुभकामना – Nepal Press

पृष्ठभूमिमा क्याप्टेन लेखेर क्यानले ज्ञानेन्द्रलाई दियो जन्मदिनको शुभकामना

काठमाडौं । सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको भोलिपल्ट शुक्रबार नेपाल क्रिकेट संघ-क्यानले ज्ञानेन्द्र मल्ललाई पृष्ठभूमिमा कप्तान लेखेर जन्मदिनको शुभकामना दिएको छ ।

क्यानको अफिसियल फेसबुक पेजमा अपलोड भएको डिजाइनसहितको फोटोमा ज्ञानेन्द्रको टाउको रहेको भागनेर कप्तान लेखेको देखिन्छ । क्यानले गत पुसमा अनुशासन कारवाही गर्दै ज्ञानेन्द्रलाई कप्तानबाट हटाएर उक्त जिम्मेवारी सन्दीपलाई दिएको थियो ।

क्यानको उक्त निर्णयविरुद्ध लामो समय आन्दोलन गरेका खेलाडीहरुपछि टोलीमा फर्किए पनि ज्ञानेन्द्रलाई भने लामो समय टिमबाहिर राखिएको थियो ।

हालसालै सन्दीपविरुद्ध एक १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएपछि क्यानले उनलाई टिमबाट बिहीबार निलम्बन गरेको थियो । शुक्रबार परेको ज्ञानेन्द्रको जन्मदिनमा क्यानले गरेको विस मा कप्तान भनेर लेखिएपछि त्यसल सामाजिक सन्जालमा चर्चा पाएको देखिन्छ । ज्ञानेन्द्र र क्यानबीच लामो समय टसल’ देखिएको थियो ।

ज्ञानेन्द्र हालसालै मात्र टिममा फर्किएका हुन् । भदौको पहिलो सातापछि भएको केन्या भ्रमणका लागि उनलाई टोलीमा फर्काइएको थियो । केन्या भ्रमणका क्रममा ज्ञानेन्द्र एकदिवसीय शृंखलाको प्लेयर अफ दी सिरिज घोषित भएका थिए । अहिले नेपाली टोलीमा सन्दीप निलम्बनमा परेपछि कप्तानको पद रिक्त रहेको छ । टोलीको उपकप्तानमा भने रोहित पौडेल छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *