टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कोहलीको पहिलो सतक, समग्रमा ७१ औँ – Nepal Press

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कोहलीको पहिलो सतक, समग्रमा ७१ औँ

दुबई। भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो सतक बनाएका छन् । एसिया कपअन्तर्गत सुपर-४ को जारी अफगानिस्तानविरुद्ध खेलमा कोहलीले अविजित एक सय २२ रन बनाए । उनले ६१ बलमा ६ छक्का र १२ चौका प्रहार गरे ।

उनले टी-२० अन्तर्राष्ट्रिय खेलमा एक सय २ खेलपछि सतक बनाएका हुन् । उनले एक सय ३ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै एक सतक र ३२ अर्धसतक बनाएका छन् । सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा कोहलीले ७१ औँ सतक बनाएका हुन् । उनले टेस्टमा २७ र एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४७ सतक बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर