सन्दिप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित – Nepal Press

सन्दिप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दिप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित गरेको छ । क्यानको कार्यसम्पादन समितिको निर्णयअनुसार आज उनलाई निलम्बन गरिएको हो ।

क्यानका कार्यवाहक महासचिव प्रशान्त विक्रम मल्लले लामिछानेमाथि प्रहरीमा जाहेरी परेको र अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएकाले यो निर्णय लिइएको जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर