नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा एनआरएनएको विजयी सुरुवात – Nepal Press

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा एनआरएनएको विजयी सुरुवात

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गतको पुरुष क्रिकेटमा एनआरएनए एकेडेमीले विजयी सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराउँदै एनआरएनएले सुखद सुरुवात गरेको हो ।

एनआरएनएले दिएको ७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ६ ओभरमा ६ विकेट गुमाएर मात्र ६२ रन बनायो ।

वर्षाको कारण मैदान ओसिलो भएपछि ढिला सुरु भएको खेल ६ ओभरमा घटाइएको थियो । प्रतियोगिता अन्तर्गत मुलपानी क्रिकेट मैदानमा तय भएको दुवै खेल रद्द भएको थियो ।

वर्षाको कारण मुलपानीमा तय भएको गण्डकी प्रदेश र मधेश प्रदेशबीचको पहिलो खेल रद्द भएको थियो भने मुलपानीमै तय लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशबीचको खेल समेत टस नभई रद्द भएको छ ।

त्यस्तै, टियु क्रिकेट मैदानमा तय भएकोे वागमती प्रदेश र प्रदेश–१ बीचको खेल पनि वर्षाका कारण रद्द भएको छ । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर