सन्दीप नेपाल टी-२० प्रतियोगिता बाहिर ? (भिडिओ) – Nepal Press

सन्दीप नेपाल टी-२० प्रतियोगिता बाहिर ? (भिडिओ)

काठमाडौं । बलात्कारको आरोप लागेपछि सन्दीप लामिछाने पहिलोपटक आयोजना हुन लागेको नेपाल टी-२० प्रतियोगिताबाट बाहिर रहन सक्ने देखिएको छ ।

सेभेन ३ स्पोर्ट्सले नेपाल क्रिकेट संघ-क्यानको सल्लाह सुझावअनुसार निर्णय लिइने जनाएको छ । सन्दीपविरुद्ध अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको अवस्थामा उनलाई ड्राफ्टमा राख्न सक्ने सम्भावना नरहेको क्यानका एक अधिकारीले बताए ।

प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टोली रहनेछन् । नेपाल र भारतबाट २/२ तथा अमेरिकी र बेलायतका एक/एक वटा फ्रेन्चाइज टोली नेपाल टी-२० मा रहने क्यानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर