दसैँमा होण्डाको अफर, १५ लाखसम्म नगद उपहार – Nepal Press

दसैँमा होण्डाको अफर, १५ लाखसम्म नगद उपहार

काठमाडौं । होण्डा टू व्हीलर्स्‌को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी ‘होण्डाको दशैंको शुभ लाभ’ आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले स्क्रयाच कुपनमार्फत ७ लाखसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरू छन् । साथै, ७ प्रदेशबाट एक-एक जना गरी ७ जनाले उपहार पाउने बताइएको छ । बम्परमा लक्की ड्रमार्फत १५ लाख नगद उपहार र साथसाथै इजी फाइनान्सको पनि सुविधा रहेको छ ।

यो योजना २०७९ भदौ २० देखि सुरू भई सीमित अवधिसम्म मात्रै लागू हुनेछ । नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा उत्साह जगाउने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *