हारपछि चेल्सीका प्रशिक्षक टुचेल बर्खास्त – Nepal Press

हारपछि चेल्सीका प्रशिक्षक टुचेल बर्खास्त

लन्डन । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ । युरोपियन च्याम्पियन्स लिगको समूहगत चरणअन्तर्गत पहिलो खेलमा बुधबार राति डाइनामो जाग्रेबसँग १-० गोलले पराजित भएपछि टुचेल बर्खास्त भएका हुन् ।

चेल्सीले यो सिजन तेस्रो हार व्यहोरेको हो । टुचेलले २० महिनामा चेल्सीलाई तीनवटा उपाधि जिताएपछि क्लबका प्रिय बनेका थिए । तर, चेल्सीका नयाँ मालिक टड बोह्लीले लगातार कमजोर प्रदर्शनपछि प्रशिक्षकको विकल्प रोजेका हुन् ।

चेल्सीले यो सिजन घरेलु लिगमा ६ खेलमा तीन जीत, दुई हार र एक बराबरीको नतिजा निकालेको छ । क्लवले विज्ञप्ति जारी गर्दै नयाँ प्रमुख प्रशिक्षक खोज्नुपर्ने उत्तम समय भएको उल्लेख गरेको छ । टुचेल यो सिजन आफ्नो व्यवहारका कारण दुईपटक कारबाहीमा परिसकेका छन् ।

प्रिमियर लिगअन्तर्गत टोट्टनहामसँगको खेल सकिएपछि विपक्षी प्रशिक्षक एन्टोनियो कोन्टेसँग हात मिलाउने क्रममा उनीहरुबीच विवाद भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर