बाबरलाई उछिन्दै पाकिस्तानकै रिजवान बने नम्बर १ टी-२० ब्याट्सम्यान – Nepal Press

बाबरलाई उछिन्दै पाकिस्तानकै रिजवान बने नम्बर १ टी-२० ब्याट्सम्यान

काठमाडौं । टी-२० वरियतामा पाकिस्तानी ब्याट्सम्यान बाबर आजमको प्रभुत्व खोसिएको छ । अरु कसैले नभएर बाबरकै ओपनर जोडी मोहम्मद रिजवानले उनलाई नम्बर १ वरियताबाट विस्थापित गरेका हुन् ।

हाल यूएईमा जारी एसिया कपमा बाबरले कमजोर प्रदर्शन गरिरहेका छन् । अर्कोतर्फ रिजवानको भने उच्च फर्म जारी छ । उनी सन् २०२१ यता टी-२० मा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । एसिया कपमा उनले दुईवटा अर्धशतक प्रहार गरिसकेका छन् । चिर प्रतिद्वन्द्वी भारतलाई टप ४ मा हराउन उनको मुख्य भूमिका थियो ।

टी-२० वरियताको शीर्ष स्थानमा पुग्ने रिजवान पाकिस्तानका तेस्रो ब्याट्सम्यान हुन् । यसअघि बाबर र मिसवाह उलहकले यो सफलता पाएका थिए । लामो समय एक नम्बरमा रहेका बाबर अहिले दोस्रो स्थानमा झरेका छन् ।

दक्षिण अफ्रिकाका एडन म्याक्रम र भारतका सूर्यकुमार यादव क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर