पुरानो लयमा फर्किन कडा मेहेनत गरेकी थिएँ : अनिता – Nepal Press

पुरानो लयमा फर्किन कडा मेहेनत गरेकी थिएँ : अनिता

काठमाडौं । नेपली राष्ट्रिय फुटबल टिमकी मिडफिल्डर अनिता बस्नेतले खेलमा आफ्नो पुरानो लय फर्काउन कडा मेहेनत गरेको बताएकी छन् ।

‘म केही समय अलि राम्रो गर्न सकिरहेकी थिइनँ । यसअघि मलाई अलि गाह्रो थियो खेल्नलाई सहज महसुस गरेको पनि थिइनँ । अहिले म राम्रो लयमा छु । पहिलाकै लयमा फर्कन कडा मेहेनत गरेँ । खुशी लागेको छ’, उनले भनिन् ।

लामो समयदेखि नेपाली टिममा रहेकी अनिताको केही समय यता प्रदर्शन राम्रो हुन सकेको थिएन । उनी केही खेलमा टिममा परेपनि प्लेइङ सेटमा पर्न छोडेकी थिइन् । नेपालबाट हालसम्म ३९ खेल खेलेकी अनिताले आफ्नो गोल संख्या ६ बनाएकी छन् । भुटानविरुद्धको खेलमा अनिताले दुई गाल गरेकी थिइन् । उनले ७२ औं मिनेटमा पहिलो गोल गरिन् भने । दोस्रो गोल ८४ औं मिनेटमा गरेकी थिइन् । यस्तै, नेपालको जितमा सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर