टिमको प्रदर्शनदेखि खुशी छु : प्रशिक्षक थापा – Nepal Press

टिमको प्रदर्शनदेखि खुशी छु : प्रशिक्षक थापा

काठमाडौं । महिला साफ च्याम्पियनसिपको उदघाटन खेलमा भुटानविरुद्ध ४-० गोलको नतिजामा जित निकालेपछि नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापाले टिमको प्रदर्शनदेखि आफू सन्तुष्ट रहेको प्रतिकृया दिएका छन् ।

‘मैले भने जस्तै हामी मौसम र स्कोर के कति हुन्छ अनुमान लगाउन सक्दैनौं । त्यसैले हामी ४ गोल गर्‍यौँ टिमको प्रदर्शनबाट खुशी छु । हामीले दोस्रो हाफ साँच्चै रमाइलो मानेर खेल्यौं । पानि परेको थिएन त्यसैले । पहिलो हाफ पानि परेकाले असहज भएको थियो,’ उनले भने ।

नेपाली टिममा आजको खेलमा तीन नयाँ खेलाडीले डेब्यू गरेका थिए । अमिसा कार्की, दिपा शाही र समिक्षा घिमिरे डेब्यूटेन्ट खेलाडीका विषयमा प्रशिक्षक केसीले आफूलाई पुराना खेलाडीसँग अलि समन्वय नमिल्ने हो की जस्तो लागेको भएता पनि मैदानमा सबै राम्रो भएकाले पुरै टिमबाट आफु सन्तुष्ट रहेको बताए ।

‘डेब्यू गर्ने खेलाडी र पुराना खेलाडीबीच समायोजन हुन गाह्रो हुन्छ की जस्तो लागेको थियो । तर केही समस्या भएन म खुशी छु,’ उनले थपे ।

दशरथ रंगाशालामा सम्पन्न खेलमा नेपालले भुटानमाथि उत्कृष्ट जित निकाल्दै प्रतियोगिताको सुरुवात गरेको छ । नेपालको जितमा सवित्रा भण्डारी र अनिता बस्नेतले समान दुई गोल गरे । समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाको सामना गर्नेछ । नेपाल भुुटान र श्रीलंका समूह‘बी’ मा रहेका छन् भने, भारत, पाकिस्तान, मल्दिभ्स र बंगलादेश समूह‘ए’ मा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर