यी हुन् भूटानविरुद्ध नेपालका स्टार्टिङ ११ – Nepal Press

यी हुन् भूटानविरुद्ध नेपालका स्टार्टिङ ११

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले केही बेरमा भूटानसँग प्रतिस्पर्धा गर्दैछ ।

दशरथ रंगशालामा हुने खेलमा नेपालको स्टार्टिङ ११ पक्का भइसकेको छ । कप्तानसमेत रहेकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बा जीत हात पार्नेमा ढुक्क छिन् ।

डिफेन्डरहरु पुनम जर्घामगर, अमृता जैसी, हीराकुमारी भुजेल, गीता राना तथा मिडफिल्डरहरु दीपा शाही, सरु लिम्बू र अनिता बस्नेत सुरुवाती ११ टोलीमा छन् ।

फर्वार्डका रुपमा सावित्रा भण्डारी, अमिषा कार्की र अनिता केसी पनि मैदान उत्रँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर