तीन ब्याट्सम्यानको अर्धशतकसँगै केन्याविरुद्ध नेपालको ह्वाइट वास – Nepal Press

तीन ब्याट्सम्यानको अर्धशतकसँगै केन्याविरुद्ध नेपालको ह्वाइट वास

काठमाडौं । केन्याविरुद्धको एक दिवसीय श्रृंखलामा नेपालले ह्वाइट वास गरेको छ । तेस्रो म्याचमा ६ विकेटको सहज जित निकाल्दै नेपालले ह्वाइटवास पूरा गरेको हो ।

केन्याले दिएको २५६ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ४७.१ ओभरमा पूरा गर्यो । नेपालका लागि ओपनरद्वय आसिफ सेख र अर्जुन साउद तथा मध्यक्रमका बसिर अहमदले अर्धशतक बनाए । कप्तान रोहित कुमार पौडेल ४२ रनमा अविजित रहे ।

केन्याको वलिङमा सेम भिराज पट्ट्लले दुई तथा एनगोचे र यस टालाटीले समान एक विकेट लिए ।

यसअघि पहिलो खेलमा ७ विकेटको जित निकालेको थियो । यस्तै दोस्रो खेलमा केन्यालाई १७ रनले हराएको थियो ।

नेपालले एकदिवसीय अघि केन्यासँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृङखला खेलेको थियो । घरेलु टिमविरुद्ध टी–२०शृङखलापनि ३–२ ले जित्दै नेपाल च्याम्पियन बनेको थियो ।

एकदिवसियमा सन्दीप लामिछानेको अनुपस्थितिमा रोहितले कप्तानी गरेका थिए । केन्याले एकदिवसिय मान्यता नपाएकाले नेपालले एकदवसीयलाई नामिबियामा आयोजना हुने आईसीसी पुरुष विश्वकप लिग–२ को अभ्यास खेलको रुपमा खेलिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर