बर्दगोरिया सेतीलोकमार्ग खुल्ला राष्ट्रव्यापी फुटबल प्रतियोगिता असोज ५ गतेबाट हुने – Nepal Press

बर्दगोरिया सेतीलोकमार्ग खुल्ला राष्ट्रव्यापी फुटबल प्रतियोगिता असोज ५ गतेबाट हुने

कैलाली । बर्दगोरिया सेतीलोकमार्ग निर्माणार्थ दबाब दिने उद्देश्यले आयोजना गरिँदै आएको बर्दगोरिया सेतीलोकमार्ग खुल्ला राष्ट्रव्यापी फुटबल प्रतियोगिताको पाँचौँ संस्करण आगामी असोज ५ गतेबाट सुरु हुने भएको छ ।

जिल्लाको सडकपुर बौनिया युवा क्लबले आयोजना गर्दै आएको फुटबल प्रतियोगिताको विजेताले यस पटक दुई लाख पच्चीस हजार र उप विजेता बन्ने टोलीले एक लाख पन्ध्र हजार पाउने छ ।

प्रतियोगितामा व्यक्तिगत बिदातर्फ समेत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ ।

यसअघिका सम्पूर्ण संस्करण गाउँपालिकाको वडा नम्बर १ स्थित वसन्त मुरारी नमुना माध्यमिक विद्यालय को खेल मैदानमा हुँदै आएकोमा पाँचौँ संस्करणको खेल वडा नम्बर ४ स्थित मुडा बजारमा रहेको खेल मैदानमा सञ्चालन हुने जनाइएको छ ।

प्रतियोगितामा आयोजक सहित देशका विभिन्न ठाउँबाट १६ टिमले सहभागीता जनाउने बताइएको छ ।

कोरोना संक्रमणका कारण २०७७ र २०७८ सालमा हुन नसकेको प्रतियोगिताले यस पटकबाट निरन्तरता पाउँदै छ । कैलालीमा फुटबलको विकासका लागि यो प्रतियोगिता महत्वका साथ हेरिन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर