सांग्रिला बैंकको सीईओमा दोहोरिए सुयोग श्रेष्ठ
नेपाल प्रेस
२०७९ भदौ २० गते १३:०५
काठमाडौं । सांग्रिला बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुयोग श्रेष्ठ दोहोरिएका छन् ।
भदौ ५ गते बसेको सञ्चालक समितिको २९८औं बैठकले श्रेष्ठलाई सीईओमा दोहोराउने निर्णय गरेको थियो । श्रेष्ठले आइतबारबाटै पुनः थप ४ वर्षका लागि नयाँ कार्यकाल सुरु गरेका छन् ।
बैंकको देशभर ११२ शाखा कार्यालय र ३१ एटीएम रहेका छन् । बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको अभ्यासलाई पालना गर्दै आएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर