नेपाली महिला राष्ट्रिय टिमको कप्तानमा एन्जिला नियुक्त – Nepal Press

नेपाली महिला राष्ट्रिय टिमको कप्तानमा एन्जिला नियुक्त

काठमाडौं । गोलकिपर एन्जिला तुम्बाआपो सुब्बा नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तान नियुक्त भएकी छिन् । उनलाई महिला साफ च्याम्पियनसिपका लागि टिमको नेतृत्व दिइएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई प्रि-म्याच कन्फरेनसमा औपचारिक रूपमा कप्तान घोषणा गरेको छ । कप्तान रेनुका नगरकोटे घाइते भएकाले एन्जिलालाई यो अवसर जुरेको हो ।

असार २१ गते एसियन गेम्सको तयारीका क्रममा रेनुकाको बायाँ ब्युटिबोन भाँचिएर शल्यक्रिया गरिएको थियो । चिकित्सकको सल्लाहअनुसार तीन हप्ता मैदान बाहिर रहन परेपछि रेनुकाले घरेलु मैदानमा हुने साफ गुमाउँदैछिन् ।

सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा श्रीलंकाविरूद्ध खेलबाट एन्जिलाले राष्ट्रिय टिममा डेब्यू गरेकी थिइन् । त्यसयता भारतमै भएको साफ महिला च्याम्पियनसिपदेखि उनी निरन्तर नेपाली टिमबाट खेलिरहेकी छिन् ।

एन्जिलाले अहिलेसम्म नेपालका लागि ३१ क्याप जितेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर