नेपाल भलिबल संघको अध्यक्षमा महासचिव चन्दको उम्मेदवारी घोषणा (भिडिओ) – Nepal Press

नेपाल भलिबल संघको अध्यक्षमा महासचिव चन्दको उम्मेदवारी घोषणा (भिडिओ)

काठमाडौं । नेपाल भलिबल संघको अध्यक्ष पदमा महासचिव जितेन्द्र बहादुर चन्दले उम्मेदवारीको घोषणा गरेका छन् ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै चन्दले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । चन्द प्यानलबाट रोशन श्रेष्ठले महासचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी चन्दले भलिबलको सपना पूरा गर्न आफुले उम्मेदवारी घोषणा गरेको बताए । वर्तमान अध्यक्ष मनोरञ्जन रमण शर्माको प्रशंसा गर्दै वर्तमान नेतृत्वको बाँकी रहेको कार्यभार आफूले पूरा गर्ने उनले बताए ।

१४ बुँदे योजना सार्वजनिक गर्दै चन्दले वार्षिक क्यालेण्डर प्रकाशित गर्ने, काम गर्न प्रोत्साहन गर्न सबैलाई व्यवस्थित गर्ने, प्रशिक्षक, खेलाडी र रेफ्रीलाई समय सापेक्ष वैदेशिक प्रशिक्षणमा पठाउने बताए ।

त्यस्तै, वर्षभरी उत्कृष्ट कार्य गर्ने जिल्ला भलिबल संघ, प्रदेश भलिवल र रेफ्री तथा प्रशिक्षकहरुलाई पुरस्कृत गर्ने लगाएतका योजना रहेको उनको भनाई छ ।

यसअघि अध्यक्ष पदमा वर्तमान कार्यसमितिको उपाध्यक्षसमेत रहेकी निरोज मास्केले उम्मेदवारीको घोषणा गरिसकेकी छन् । नेपाल भलिबल संघको केन्द्रीय निर्वाचन भदौ २२ गते काठमाडौँमा हुँदैछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर